कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन हुँदैन - ऊर्जा राज्यमन्त्री तामाङ

फाइल फाेटाे
काठमाडौं - ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन नहुने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलेको अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने बताएका हुन् ।
उनले नेपालको विद्धुत क्षेत्रको विकासमा धेरै महत्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको धारणा राखे । आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरी मौका दिनुपर्ने उनको भनाइ छ ।
उनले सरकारको कर्मचारीलाई चित नबुझेको कुरामा स्पष्टीकरण सोध्नु ठूलो विषय नभएको उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया