अर्थ / बाणिज्य

सञ्‍चय कोषको अफर : साउनभित्र ऋण तिर्नेलाई तीन महिनाको ब्याजमा १५ प्रतिशत छुट

इकागज |
असार २७, २०७८ आइतबार १४:९ बजे

काठमाडौँ : कर्मचारी सञ्‍चय कोषले साउनभित्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने सञ्‍चयकर्तालाई बैशाख, जेठ र असारमा पाकेको ब्याजदरमा १५ प्रतिशत छुट दिने योजना ल्याएको छ । कोभिड-१९ संक्रमणकालीन अवस्थामा सञ्‍चयकर्तालाई राहत दिन यस्तो योजना ल्याएको कोषले जानकारी दिएको छ । 

कर्जाको ब्याजमा केही सहुलियत दिने र तिर्ने अवधि बढाउने उद्देश्य राखेको छ । सञ्‍चयकर्ताले लिएका घर सापटी कर्जा, घर मर्मत कर्जा, शैक्षिक कर्जा र सरल चक्र कर्जाको ब्याजमा छुट दिने उल्लेख छ । 



Author

थप समाचार
x