आयल निगमले भन्यो - ग्यास सहज उपलब्ध हुन्छ, मूल्य यथावत् छ

फाइल फाेटाे
काठमाडौं - नेपाल आयल निगमले ग्यासको मूल्य यथावत रहेको बताएको छ ।
मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरूबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । सती निगमले ग्यासको मूल्य यथावत् रहने बताएको छ ।
आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य यथावत् रहने स्पष्ट गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया