इन्धनको मूल्य घट्यो

सांकेतिक फोटो
काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।
घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजेल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया