नागरिक लगानी कोषको दुई खर्ब भन्दा बढी लगानी

फाइल फाेटाे
काठमाडौं - नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पुस मसान्तसम्म दुई खर्ब भन्दा बढी लगानी गरेको जनाएको छ ।
कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनाहरूमा २ खर्व ६४ अर्व ७८ करोड लगानी गरेको जानकारी दिए ।
सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको उनले बताए । उनले आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुर्याउनुका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताए ।
कोषको लगानीलाई उचित व्यवस्थापनका लागि सबै निकायसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ ।
२०४७ मा स्थापना भएको नागरिक लगानी कोषको करोडको चुक्ता पुँजी अहिले ६ अर्ब ४८ पुगेको छ । कार्यक्रमका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया