अर्थ / बाणिज्य

नेप्से सामान्य अंकले बढ्यो, कारोबार घट्यो

इकागज |
असार २९, २०७८ मंगलबार १५:४९ बजे

काठमाडौँ : सोमबार घटेको नेप्से परिसूचक मंगलबार बढेको छ । नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०४ बिन्दुमा पुगेको हो । कारोबारमा आएका समूहमध्ये जीवन बीमा समूहको परिसूचक बढेको छ । फाइनान्सतर्फको समूहमा सबैभन्दा बढी वृद्धिदर देखिएको छ ।

सबैभन्दा बढी कमाउने सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स लगायतका छन् । त्यसैगरी सानिमा लार्ज क्याप फण्ड, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त, ग्लोवल आइएमई समुन्‍नत स्किमको सेयर मूल्य घटेको छ ।

मंगलबार १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँमा कारोबार भएको छ । यस दिन १६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । त्यसैगरी १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।



Author

थप समाचार
x