अर्थ / बाणिज्य

११ अंकले बढ्यो सेयर बजार, कारोबार पनि बढ्यो

इकागज |
असार ३१, २०७८ बिहीबार १५:५६ बजे

काठमाडौँ : साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार मापन गर्ने नेप्से परिसूचक ११.३३ अंकले बढेको छ । ० दशमलव ३९ प्रतिशतले बढेर नेप्से परिसूचक २८८३.३८ बिन्दुमा पुगेको हो । 

कारोबारमा आएकामध्ये ६ समूहका परिसूचक कमजोर छन् । बैंकिङ समूहको परिसूचक ० दशमलव ३२ प्रतिशतले बढेको छ । उच्च वृद्धि जलविद्युत्‌ र फाइनान्स समूहमा देखिएको छ । जलविद्युत्‌ समूहको परिसूचक एक दशमलव ९८ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक एक दशमलव ९५ प्रतिशतले बढेको छ । 

ङादी ग्रुप प्रालीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरको वृद्धि भएको छ । गुर्खाज फाइनान्स लिमिटेडको सेयर कारोबार ३६ करोड रुपैयाँभन्दा बढी छ । आठ अर्ब १४ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ७३ हजार दुई सय ७२ पटकको कारोबारमा पाँच करोड ८५ लाख कित्ता सेयर किनबेच भएको छ । योसँगै बजार पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ कायम भएको छ ।



Author

थप समाचार
x