अर्थ / बाणिज्य

प्रधानमन्त्रीसँग चेम्बरको माग :  निजी क्षेत्रलाई १० प्रतिशत कोभिडविरुद्धको खोप

इकागज |
साउन ५, २०७८ मंगलबार १७:१० बजे

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले  प्रधानमन्त्री शेरबहादुर देउवासँग निजी क्षेत्रका व्यवसायीलाई न्यूनतमको कोभिड-१९ विरुद्ध खोपको व्यवस्था गर्न आग्रह गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरका पदाधिकारीहरू र सदस्यहरूले भेटेर खोपको व्यवस्था गर्न माग गरेका हुन् । 

निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कुल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरू, समस्त उद्योगी तथा व्यवसायी र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरेको छ । 

मल्लले अर्थतन्त्रलाइ पुनःस्थािपत गर्न विभिन्न सुझावहरू प्रस्तुत गरेका छन् । कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्‍नु परेको बताउँदै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख छ । चेम्बर अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको  व्यवस्था गर्नुपर्ने बताए ।

यो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउनुपर्ने, संसद्‍मा विचाराधीन आर्थिक विधेयकहरू पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्‍न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गर्नुपर्ने सुझाव छ । 



Author

थप समाचार
x