अर्थ / बाणिज्य

ट्रंक तथा डेडिकेटेड लाइन विद्युत महसुल विवाद समाधान गर्न महासंघको आग्रह

इकागज |
साउन ५, २०७८ मंगलबार १७:४५ बजे

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्पा भुसालसँग ट्रंक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न आग्रह गरेको छ । अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र प्रतिनिधिमण्डलले मंगलबार नवनियुक्त ऊर्जामन्त्री भुसाललाई भेटेर  ट्रंक तथा डेडिकेटेड लाइन विद्युत् महसुल विवादलाई शीघ्र समाधान गर्न आग्रह गरेको हो ।

महासंघकातर्फबाट उद्योगहरूले आवश्यक विद्युत् नेपाल विद्युत् प्राधिकरणबाट लिँदै आइरहेको र विद्युत् उपभोग गरेवापत प्रचलित कानुन बमोजिम लागेको र लाग्ने महसुल समेत तिर्दै आइरहेको भएतापनि छुट बिल/रकम भनी करोडौँ/अरबौँ रकम उल्लेख गरी भुक्तानी गर्न सम्बन्धित उद्योगहरूलाई लेखिएको पत्रबाट उद्योगहरू थप हतोत्साहित भएको व्यक्त गरे । विद्युत् महसुल विवाद समाधानमा आवश्यक पहल गर्न आग्रह गरेका थिए । 

भेटवार्तामा तत्कालिन विद्युत् महसुल निर्धारण आयोगको २०७२ पुस २९ मा भएको १०३औँ र २०७३ असार १६ मा भएको १०८औँ बैठकबाट कायम भएको महसुल दर सम्बन्धमा भएको निर्णय समेत जानकारी गराइएको थियो । 

आयोगको १०३औं बैठकले प्राधिकरणको डेडिकेटेड फिडर लाइन मार्फत दैनिक निरन्तर विद्युत् उपभोग गर्ने उपभोक्ताको हकमा लागु हुने महसुल दर २०७२ पुस २९ पछि दैनिक निरन्तर २४ घण्टा विद्युत उपभोग गर्ने डेडिकेडेट लाइनका ग्राहकलाई मात्र लागु हुने भनि निर्णय गरेको छ ।

लोडसेडिङ न्यूनतम ६ घण्टा कायम रहेको बखत २० घण्टा वा सो भन्दा बढी अवधि विद्युत उपयोग गर्ने टं«क लाइन समुहका उपभोक्ता ग्राहकको हकमा समेत डेडिकेटेड सरहको दरमा महसुल लिनुपर्नेछ ।



Author

थप समाचार
x