लगातार बढिरहेको बजारमा बिहीबार ‘ब्रेक’ लाग्यो
काठमाडौंः यो साता लगातार उकालो लागिरहेको सेयर बजार अन्तिम कारोबार दिन बिहीबार करेक्सन भएको छ । बजारमा तीव्र उछाल आइरहेपछि सोमबार पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेपछि केही स्थिर भएको थियो । यद्यपि साताभरीमा बिहीबार मात्र बजार घटेको छ ।
बिहीबार नेपाल स्टक एक्स्चेन्ज परिसूचक १५.५७ अंक अर्थात् ०.७५ प्रतिशतले घटेर २,०५५.४५ बिन्दूमा रोकिएको छ । लघुवित्तको लाभांश घोषणाले लघुवित्त उपसमूहका कम्पनीहरुको सेयरको मूल्य भने बुधबारदेखि नै बढीरहेको छ । आज लघुवित्त र जलविद्युत् बाहेक नेप्सेमा कारोबार हुने सबै उपसमूहका परिसूचकहरु ओरालो लागेका छन् ।
तीव्र गतिमा उकालो लागिरहेको बजार सामान्य करेक्सन भएको हो । सेयरको मूल्य बढेको समयमा सेयर बेचेर नाफा बुक गर्ने लगानीकर्ताका कारण बुलिश ट्रेण्डमा रहेको बजारमा पनि बिक्रीको चापले बजार घट्न जान्छ । लघुवित्त संस्थाहरुको लाभांशले भने अझै लगानीकर्तालाई तानिरहेको छ ।
बिहीबार नेप्सेमा २०० कम्पनीको ८ अर्ब २६ करोड २३ लाख सात सय ९८ रुपैँया मूल्य बराबरका १ करोड ५८ लाख ८९ हजार पाँच सय ६० कित्ता सेयर ६४ हजार चार सय २६ कारोबारमार्फत् किनबेच भएका छन् ।
बजार उकालो लाग्दा लगातार बढीरहेका ट्रेडिङ र म्यानुफ्याक्चरिङ एण्ड प्रडक्सन उपसमूहका विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ, बोटलर्स नेपाल लगायतको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । सबैभन्दा ठूलो गिरावट ट्रेडिङ उपसमूहको परिसूचकमा ठूलो गिरावट आएको छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी (प्रवद्र्धक), माथिल्लो तामाकोसी, नेपाल सेवा लघुवित्त वित्तिय संस्था, डिप्रोक्स लघुवित्त वित्तिय संस्था, छिमेक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य बढेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया