अर्थ / बाणिज्य

सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

जलविद्युत्‌ कम्पनीका लगानीकर्ता मालामाल

इकागज |
साउन २४, २०७८ आइतबार १५:२७ बजे

फाइल फोटो

काठमाडौँ - साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक सामान्य अंकले बढ्दा पनि जलविद्युत्‌ कम्पनीका लगानीकर्ताहरूले उच्च लाभ प्राप्त गरेका छन् ।

० दशमलव ६६ अंकले बढेको नेप्से परिसूचक ३१०८.१२ बिन्दुमा पुगेको हो । १३ समूहमध्ये सात समूहका परिसूचक कमजोर छन् । जलविद्युत्‌ समूहका परिसूचक तीन दशमलव ३३ प्रतिशतले बढेको छ । सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

अपी पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त, न्यादी ग्रुप पावर, युनियन लाइफ इन्स्योरेन्स र कर्णाली विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

१४ अर्ब रुपैयाँभन्दा बढी सेयर कारोबार भएको छ । एक लाख २६ हजार नौ सय २४ पटकको कारोबारमा दुई करोड ६९ लाख कित्ता सेयर किनबेच भएको छ । अपी पावरको ८१ करोड रुपैयाँभन्दा बढी सेयर किनबेच भएको छ । 



Author

थप समाचार
x