अर्थ / बाणिज्य

नौ कम्पनीको सेयर मुल्यमा उच्च वृद्धि, फाइनान्स र जलविद्युत्‌मा चमक

इकागज |
साउन २५, २०७८ सोमबार १५:२४ बजे

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । १.५४ अंकले बढेर नेप्से परिसूचक ३१०९.६६ बिन्दुमा पुगेको हो ।

कारोबारमा आएकामध्ये पाँच समूहका परिसूचकमा वृद्धि भएको छ । जलविद्युत्‌ र फाइनान्स कम्पनीका सेयर मुल्यमा उच्च वृद्धि भएको छ । जलविद्युत्‌ समूहको परिसूचक र फाइनान्स समूहको परिसूचक तीन दशमलव ३५ प्रतिशतले बढेको हो । 

नौ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । जसमध्ये पाँच कम्पनीको सेयर मुल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । 

१४ अर्ब १३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख २८ हजार ९ सय ५९ पटकको कारोबारमा दुई करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता सेयर किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी सेयर किनबेच भएको छ । 



Author

थप समाचार
x