एक सातापछि सेयर बजारमा अर्को कीर्तिमान : नेप्से ३१६१.४४ बिन्दुमा
१७ कम्पनीको सेयर भाउ आकासियो, कुन-कुन कम्पनीको मूल्य बढ्यो ?
काठमाडौँ - मंगलबार सेयर बजार मापक नेप्से परिसूचक कीर्तिमानी उचाइमा पुगेको छ । गत साउन २० मा कीर्तिमानी बिन्दुमा पुगेपछि उतारचढाव भइरहेको नेप्से करिब एक सातापछि नयाँ उचाइमा पुगेको हो ।
नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ बिन्दुमा पुगेको छ । जलविद्युत्, होटल एन्ड टुरिजम् र ट्रेडिङ समूहबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ । विकास बैंक र फाइनान्स समूहका परिसूचकमा भएको ठूलो अंकको वृद्धिले नेप्सेलाई उचाइमा पुर्याउन बल पुर्याएको हो । विकास बैंक समहूको परिसूचक आठ दशमलव ०७ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको परिसूचक ६ दशमलव ७८ प्रतिशतले बढेको छ । बैंकिङ समूहको परिसूचक एक दशमलव ८७ प्रतिशतले बढेको छ ।
आठ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । नौ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।
सेयर कारोबार १७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी भएको छ । एक लाख ६३ हजार नौ सय ६९ पटकको कारोबारमा तीन करोड ३५ लाख कित्ता सेयर किनबेच भएको छ । अपर तामाकोशीको सेयर कारोबार उच्च छ । ८९ करोड ३३ लाख रुपैयाँ बराबर यो कम्पनीको सेयर किनबेच भएको छ ।
नौ प्रतिशतभन्दा बढी मुल्यवृद्धि भएका कम्पनीहरू
गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी
सिन्धु विकास बैंक
सेन्ट्रल फाइनान्स कम्पनी
बेस्ट फाइनान्स कम्पनी
कामना सेवा विकास बैंक
श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी
ज्योति विकास बैंक
युनियन लाइफ इन्स्योरेन्स
जीवन विकास लघुवित्त
आइसिएफसि फाइनान्स
महालक्ष्मी विकास बैंक
प्रोग्रेसिभ फाइनान्स
साइन रेसुंगा डेभलपमेन्ट बैंक
शांग्रिला डेभलपमेन्ट बैंक
मल्टीप्रपोज फाइनान्स
पोखरा फाइनान्स
एक्सेल डेभलपमेन्ट बैंक
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया