अर्थ / बाणिज्य

मानुषी लघुवित्तको आइपिओ खुल्यो

इकागज |
साउन २७, २०७८ बुधबार ११:४६ बजे

काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) निष्काशन भएको छ । बुधबारबाट यो लघुवित्तले खुलाएको हो ।

यो लघुवित्तको जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । जारी पुँजीको ०.५ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ । कर्मचारीले पाउने पाँच हजार चार सय ६९ कित्ता सेयर हो ।

१९ हजार ६ सय ८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी तीन लाख ६८ हजार पाँच सय ९३ कित्ता साधारण सेयर निष्काशन भएको जानकारी दिइएको छ । साउन ३१ गतेसम्म यसका लागि आवेदन दिन सकिनेछ ।



Author

थप समाचार
x