अर्थ / बाणिज्य

१० कम्पनीको सेयर मूल्य आकासियो, जलविद्युत्‌ र होटलको सेयरमा चमक

इकागज |
साउन २७, २०७८ बुधबार १५:४४ बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ०.९४ अंकको सामान्य अंकले बढेको छ । सामान्य अंकको वृद्धिले नेप्से परिसूचकलाई अर्को कीर्तिमानी बिन्दुमा पुर्‍याएको छ । 

कारोबारमा आएकामध्ये पाँच समूहका परिसूचकमा वृद्धि भएको छ । १० कम्पनीको सेयर मूल्य आकासिएका छन् । वृद्धि हुनेमा अधिकांश जलविद्युत्‌ समूहकै कम्पनी छन् । 

कुल सेयर कारोबार १५ अर्ब ४५ करोड रुपैयाँ छ । एक लाख ३९ हजार दुई सय १८ पटकको कारोबारमा दुई करोड ७२ लाख कित्ता सेयर किनबेच भएको छ । अपर तामाकोशी जलविद्युत्‌को सेयर कारोबार उच्च छ । 



Author

थप समाचार
x