अर्थ / बाणिज्य

निरन्तर उचाइमा पुग्दै बजार, ३१७९ बिन्दुमा पुग्यो नेप्से

सात कम्पनीको सेयर मूल्य आकासियो, कारोबार १७ अर्बमाथि

इकागज |
साउन २८, २०७८ बिहीबार १६:३ बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार हुने दिन बिहीबार १६.४१ अंकको वृद्धि हुँदै रेकर्ड तोडेको छ । नेप्से ३१७९ अंकको कीर्तिमानी बिन्दुमा पुगेको हो ।

कारोबारमा आएका सात समूहका परिसूचक बलिया छन् । विकास बैंक समूहको परिसूचक ६.३७ प्रतिशतले बढेको हो । सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । 

एक लाख ५४ हजार ६ सय ६० पटकको किनबेचमा तीन करोड ६० लाख कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी अपर तामाकोशीको सेयर कारोबार भएको छ ।



Author

थप समाचार
x