अर्थ / बाणिज्य

बजार पुँजीकरण ४४ खर्ब नाघ्यो

इकागज |
साउन ३२, २०७८ सोमबार १६:४८ बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक पाँच दशमलव ७२ अंकले बढेर ३१६०.०५ बिन्दुमा पुगेको छ । आइतबार २४.८८ अंकले घटेको नेप्से आज सामान्य उक्लिएको हो । 

सात कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यसरी वृद्धि हुनेमा अधिकांश जलविद्युत्‌ कम्पनीहरू छन् । कारोबारमा आएकामध्ये ६ समूहका परिसूचक खस्किएका छन् ।

कारोबार १५ अर्ब ९३ करोड रुपैयाँ छ । एक लाख ५९ हजार ९३ पटकको कारोबारमा दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता सेयर किनबेच भएको छ । 

योसँगै बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । 



Author

थप समाचार
x