अर्थ / बाणिज्य

१६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, जलविद्युत्‌ क्षेत्रमा चमक

स्थिर बन्यो सेयर बजार, १८ अर्ब नाघ्यो कारोबार

इकागज |
भदौ १, २०७८ मंगलबार १५:१७ बजे

काठमाडौँ सेयर बजार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक शून्य दशमलव ६६ अंकको नगन्य अंकले बढेको छ । विकास बैंक, जलविद्युत् र फाइनान्स समूहमा भने उच्च वृद्धि भएको छ । यी क्षेत्रका १६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

फस्ट माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, रु रु जलविद्युत्‌ कम्पनी, अँखु खोला जलविद्युत्‌ कम्पनी, अरुण काबेली पावर लिमिटेड, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वरी जलविद्युत्‌ कम्पनी, पञ्‍चकन्या माइ जलविद्युत्‌, जीवन विकास लघुवित्त, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र खानी खोला जलविद्युत्‌ कम्पनी जस्ता कम्पनीहरूमा सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

१८ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको छ । एक लाख ६१ हजार सात सय २१ पटकको कारोबारमा तीन करोड ६ लाख १३ हजार चार सय ३९ कित्ता सेयर किनबेच भएको छ । अपी पावर कम्पनीको अत्यधिक सेयर कारोबार भएको छ ।  



Author

थप समाचार
x