अर्थ / बाणिज्य

सर्वोत्तम सिमेन्ट सेयर प्रकरण

अर्थ समितिको सोधखोजपछि बल्ल तात्यो मन्त्रालय

इकागज |
भदौ ३, २०७८ बिहीबार १२:४० बजे

काठमाडौँ - सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा अनुसन्धान नगरी हात बाधेर बसेका अर्थ मन्त्रालयका कर्मचारीहरू बल्ल यससम्बन्धी कागजात जुटाउन थालेका छन् । संसद्‌को अर्थ समितिले सोधखोज गरेपछि उनीहरू सक्रिय देखिएका हुन् ।

'झारा टार्ने' गरी अस्पष्ट पत्राचार गरेपछि मन्त्रालयले थप अनुसन्धान अघि बढाएको थिएन । अर्थ मन्त्रालयका अधिकारीहरू संसदीय समितिले सोधखोज गरेपछि बल्ल कागजात जुटाउन लागेका हुन् ।

शुक्रबार सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमाथि जाँचबुझ गर्न अर्थ समितिले मन्त्रालयलाई बोलाएको थियो । नेप्सेका प्रमुख कार्याकारी अधिकृत र धितोपत्र बोर्डका अध्यक्षले आफ्नो पारिवारिक सदस्यमार्फत सेयर खरिद गरेको सूचना बाहिरिएपछि अर्थ मन्त्रालयले 'स्पष्ट र तथ्यपरक विवरण पेस गर्न' भन्दै पत्राचार गरेको थियो ।

व्यक्तिको विषयमा संस्थालाई जोडेर मिडियाबाजी गरेको भन्दै धितोपत्र बोर्डको कर्मचारी युनियनले पदाधिकारीलाई निलम्बन गरेर छानबिन गर्न समेत माग गरेको थियो । तर, अर्थ मन्त्रालयले कुनै छानबिन समिति बनाएर अनुसन्धान गरेको छैन । 



Author

थप समाचार
x