अर्थ / बाणिज्य

१८.२४ अंकले घट्यो नेप्से

अरुण काबेली र अरुण भ्यालीको सेयर कारोबार एक अर्बमाथि

इकागज |
भदौ ३, २०७८ बिहीबार १५:१८ बजे

काठमाडौँ - साताको कारोबार हुने अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक १८.२४ अंकले घटेको छ । ० दशमलव ५७ प्रतिशतले घटेर नेप्से ३१८०.७८ बिन्दुमा पुगेको हो । पाँच समूहबाहेक सबै समूहका परिसूचक कमजोर छन् । जीवन विकास लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । 

२० अर्ब ४९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख ८८ हजार १७ पटकको कारोबारमा तीन करोड नौ लाख कित्ता सेयर किनबेच भएको छ । अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार एक अर्ब रुपैयाँभन्दा बढी छ । 



Author

थप समाचार
x