अर्थ / बाणिज्य

नेप्सेका सीईओले दिए राजीनामा

इकागज |
भदौ ८, २०७८ मंगलबार १७:२३ बजे

काठमाडौँ– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले अर्थ मन्त्रालयमा राजीनामा बुझाएका छन् । उनले भर्खरै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनालीलाई राजीनामा बुझाएर निस्केका छन् । 

साउदमाथि बुक बिल्डीङ विधिबाट निष्काशन गरिन लागेको सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर राखेको आरोप लागेको थियो । साउदकी श्रीमति सुशीला कुमारी बोहोराको नाममा उक्त कम्पनीको १० हजार कित्ता सेयर देखिएको थियो । सोही आधारमा साउदमाथि भित्री सूचनाका आधारमा  सेयर लिएको  (इन्साइडर ट्रेडिङ्ग)  गरेको आरोप लागेको छ । 


उक्त आरोपपछि अर्थ मन्त्रालय र संसदको अर्थ समितिले उनलाई स्पष्टीकरण सोधेको थियो । 


Author

थप समाचार
x