सर्वोत्तम स्टिल उद्योगमा आगलागी, ११ जना मजदुर घाइते
फाइल तस्बिर
वीरगञ्ज – वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा रहेको सर्वोत्तम स्टिल उद्योगमा बिहीबार दिउँसो आगलागि भएको छ । फलाम पगाल्ने भट्टी विस्फोट भएर आगलागी हुँदा ११ जना मजदुर घाइते भएका छन् । ७ जनाको अवस्था गम्भीर रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । वीरगन्ज महानगरपालिकाकाे २ वटा दमकलको सहयोगमा उद्योगमा लागेको आगो निभाइएको हो ।उद्योगमा पुगेर घटना र क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण आउन अझ बाँकी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया