अर्थ / बाणिज्य

एनसेलको एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना सार्वजनिक

इकागज |
भदौ १५, २०७८ मंगलबार १५:५५ बजे

काठमाडौँ - एनसेल आजियाटाले यो वर्षको माध्यामिक तह परीक्षा (एसईई) दिएका विद्यार्थीहरू विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र एक रुपैयाँमा प्रिपेड सिमको खरिदमा रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटालगायत विभिन्न फाइदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो योजना आज -मंगलबार_बाट सुरु भएको हो । एनसेल सेन्टरमा गई एसईईको प्रवेश पत्र भएका सबै विद्यार्थीले पहिलो सिम लिन सक्छन् । पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र एक सय रुपैयाँ वा सो भन्दा बढिको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँनेछन् । त्यसैगरी ५० रुपैयाँ वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा ६ महिना सम्म विभिन्न बोनस सुविधाहरूको फाइदा लिन सक्छन् ।

यस्तो रिचार्जमा विद्यार्थीहरूले ३ दिन मान्य हुने पाँच सय एमबी डेटा, अन्य एनसेल नम्बरमा कलगर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जानकारी दिएको छ ।

विद्यार्थीहरुलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरुले आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरू सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सक्छन् । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, एक सय रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउँने एनसेलले जानकारी दिएको छ ।



Author

थप समाचार
x