अर्थ / बाणिज्य

बैंकिङ समूह सकारात्मक हुँदा स्थिर देखियो नेप्से

इकागज |
भदौ १६, २०७८ बुधबार १६:० बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । १.१८ अंकको सामान्य वृद्धिले नेप्से परिसूचक स्थिर देखिएको हो ।

बैंकिङ समूहको परिसूचक सकारात्मक देखिँदा नेप्से परिसूचक स्थिर बनेको हो । त्यसबाहेक होटल तथा पर्यटन समूह, जीवन बीमा र इन्भेष्टमेन्ट समूहका परिसूचक सबल देखिए पनि अधिकांश परिसूचक कमजोर छन् । 


सनराइज फस्ट म्युचुअल फन्डको सेयर मुल्यमा भारी गिरावट आएको छ । कारोबार रकम खुम्चिएर नौ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ । एक लाख चार हजार पटकको किनबेचमा एक करोड ७१ लाख कित्ता सेयर किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार उच्च छ । 


Author

थप समाचार
x