अर्थ / बाणिज्य

ट्राफिक नियम उल्लंघनको जरिबाना क्‍यूआर कोडबाटै भुक्तानी गर्न सकिने

इकागज |
भदौ १६, २०७८ बुधबार २०:४५ बजे

काठमाडौँ – ट्राफिक नियम उल्लंघन गर्ने चालकले अब क्‍यूआर कोडबाटै जरिबाना भुक्तानी गर्नसक्ने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिबानालाई क्‍यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको हो । 

नियम उल्लंघन चालकले यसअघि जरिबाना तिर्न बैंकमा जानुपर्नेमा अब क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्नसक्ने महाशाखाका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दासले बताए ।


'ट्राफिक नियम उल्लंघन गरेका चालकले प्रहरीलाई बुझाउन जरिबाना अब क्युआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्नसक्ने छन्,'  उनले जानकारी दिए ।क्युआर कोडमार्फत भुक्तानी तिर्नसक्ने व्यवस्था भएपछि बैंकमा लाइन लाग्नुपर्ने बाध्यता हटेको उनले बताए ।


Author

थप समाचार
x