अर्थ / बाणिज्य

लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा २० भदौदेखि

इकागज |
भदौ १८, २०७८ शुक्रबार १९:२६ बजे

काठमाडौँ – कोभिड-१९ महामारीका कारण स्थागित सवारी लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा २० भदौ बाट सञ्चालन हुने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

पहिलो चरणमा आवेदन दिएकाहरूको लिखित तथा ट्रायल परीक्षा पहिलो चरणमा लिइने र त्यसपछि मात्रै नयाँको लागि आवेदन खोल्ने तयारी भएको विभाग प्रवक्ता डा. लोकनाथ भुसालले बताए । ‘लाइसेन्सको लिखित तथा ट्रायल परीक्षाका लागि छ लाख जनाको आवेदन परेको छ । विभागले लाइसेन्स आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाएको छ,’ उनले भने ।



Author

थप समाचार
x