एकैदिन सेयर बजारमा १०० भन्दा बढी अंकको गिरावट
काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचकमा एक सय भन्दा ठूलो अंकको गिरावट आएको छ । आइतबार १२.२५ मिनेट जाँदा नेप्से ११६.७३ अंकको गिरावट आएको हो । तीन दशमलव ९९ प्रतिशतले घटेको हो ।
एक वर्षयताकै पहिलोपटक एकैदिन यति ठूलो गिरावट आएको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २८१०.२६ बिन्दुमा पुगेको छ ।
फाइनान्स समूहको परिसूचक ९ प्रतिशतभन्दा बढी दरले गिरावट आउँदा नकारात्मक सर्किट ब्रेकर लाग्ने सम्भावना देखिएको छ । बाँकी समूहका परिसूचक पनि घट्न क्रम जारी छ । चार कम्पनीबाहेक सबै कम्पनीको सेयर मुल्य घटेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया