अर्थ / बाणिज्य

पाँच प्रतिशतले घटेपछि सेयर कारोबार ४० मिनेटलाई रोकियो

इकागज |
भदौ २०, २०७८ आइतबार १३:२२ बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक पाँच दशमलव ०३ प्रतिशतले खस्किएपछि कारोबार रोकिएको छ । तर यसरी रोकिएको कारोबार ४० मिनेटपछि खुल्ने नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । 

४० मिनेटपछि रोकिएको कारोबारबाट फेरि सुरु हुने नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए । १४७.३१ अंकले घटेर नेप्से परिसूचक २७७९.६८ बिन्दुमा पुगेपछि रोकिएको हो । 

फाइनान्स र विकास बैंक समूहको परिसूचकमा ९ प्रतिशतभन्दा बढी दरमा गिरावट आएको छ । कारोबार रकम सात अर्ब १९ करोड ९० लाख रुपैयाँ कायम भएको थियो ।  



Author

थप समाचार
x