अर्थ / बाणिज्य

सेयर बजारको ‘बबल’ नियन्त्रण गर्न खोजेका गभर्नरलाई अर्थमन्त्रीको उल्टो दबाब

इकागज |
भदौ २१, २०७८ सोमबार १३:१३ बजे

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सेयर बजारको समस्या समाधान गर्न निर्देशन दिएका छन् । सेयर बजार ओरालो लागेपछि अर्थमन्त्री शर्माकहाँ पुगेका लगानीकर्ताहरू  को पक्षधरता लिदैं अर्थमन्त्रीले गभर्नरलाई उक्त निर्देशन दिएका हुन् । 

मन्त्री शर्माले सेयर बजार सधैं बढीरहँदैन भन्ने नबुझी गनर्भरलाई सेयर धितो कर्जा सम्बन्धी मौद्रिक नीतिको व्यवस्था परिवर्तन गर्न गभर्नरलाई आग्रह गरेको अर्थमन्त्रालय स्रोतले बताएको छ । अर्थमन्त्री शर्माको सचिवालयले मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा गभर्नरसँग टेलिफोनमा कुराकानी भएको पुष्टी गरेको छ । 


‘उहाँले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको हो,’ मन्त्री शर्माको सचिवालयले भन्यो ।

गत आर्थिक वर्षमा सेयर धितो कर्जा दोब्बरले बढेपछि मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले कडाइँ गरेको थियो । पछिल्लो व्यवस्था अनुसार सेयर धितो कर्जा प्रति ऋणी कुल १२ करोड रुपैयाँसम्म र एउटा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँमात्र दिन सक्ने व्यवस्था छ । 
 


Author

थप समाचार
x