अर्थ / बाणिज्य

गण्डकीको विकासमा सघाउन विश्व बैंक नेपाल निर्देशकसँग मुख्यमन्त्री पोखरेलको आग्रह

इकागज |
भदौ २१, २०७८ सोमबार २०:१५ बजे

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालय पोखरामा सोमबार भएको उक्त भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताए ।

उनले विश्व बैकले नेपालको सबै क्षेत्रको विकासमा पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमासमते सहकार्य हुनुपर्ने धारणा राखे । ‘विश्व बैंक र गण्डकी प्रदेशबीच आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दछु,’ मुख्यमन्त्री पाखरेलले भने, ‘गरिबी अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोग स्मरणयोग्छ छ ।’ 


भेटवार्तामा निर्देशक फारिस हादाद जर्भोसले गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधारका क्षेत्रमा प्राथमिकताका आधारमा विश्व बैंकले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल सहभागी थिए ।


Author

थप समाचार
x