अर्थ / बाणिज्य

चियाबोटमा नौलो रोग देखिएपछि इलाम बरबोटेका किसान चिन्तित

इकागज |
भदौ २१, २०७८ सोमबार २१:३१ बजे

इलाम – चियाका बोटमा अनौठो रोग देखिएपछि इलाम बरबोटेका किसान चिन्तित बनेका छन् । इलाम नगरपालिका- ४ बरबोटेका किसानको चिया बगानमा नयाँ प्रकारको रोग देखिएपछि किसान चिन्तित बनेका हुन् । 

इलामको बरबोटेमा अधिकांश कृषकहरू चिया खेतीमा आश्रित छ्न् । विशेष गरी भदौ, असोज महिना चिया मुना धेरै उत्पादन हुने सिजन हो । तर चियाको बोटमा अज्ञात रोग लागेका कारण किसानले विगतका दिनमा टिपेकै मात्रामा चिया टिप्न नपाएको बरबोटेका चिया किसान गोपाल घिमिरेको भनाइ छ । ‘पहिले उत्पादन हुँदै आएको चिया हाल उत्पादन हुन सकेको छैन,’ उनले भने, ‘चियाबगानहरूमा एकासी पात कालो भई मुना पलाउनमा कमी आएको छ ।’


बरबोटेका चिया बगानहरू अहिले झण्डै उत्पादनविहीन समस्याबाट गुज्रिरहेको किसानहरू बताउँछन् । बरबोटेकै छिमेकी गाउँ साखेजुङमा पनि कृषकहरू चियाबोटमा एक्कासी नौलो रोग लागेको बताउँछन् । ‘चियामा यो कस्तो प्रकारको रोग देखिएको हो बुझ्न र समाधान गर्न नसकिरहेको अवस्था छ,’ उनले भने । 

इलाममा उत्पादन हुने ‘पाँच अ’ अर्थात् अम्लिसो, अकबरे, अदुवा, अलैंची र ओलन (दूध) हुन् । जसमध्ये अर्थोडक्स अर्थात् चियापत्ती पनि पर्ने गर्छ । हाल इलाम जिल्लाले चियामा पनि व्यावसायिकता हासिल गरेको छ ।


Author

थप समाचार
x