अर्थ / बाणिज्य

कारोबार सुरु भएको एक घन्टामै ५० अंकले घट्यो नेप्से

इकागज |
भदौ २३, २०७८ बुधबार १२:१४ बजे

काठमाडौँ - कारोबार सुरु भएको एक घन्टामै करिब ५० अंकले नेप्से परिसूचकमा गिरावट आएको छ । १.६८ प्रतिशतले घटेर नेप्से २८८७.१९ बिन्दुमा पुगेको हो । 

ट्रेडिङ र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक कमजोर छन् । विकास बैंक र फाइनान्स समूहको परिसूचकमा दुई प्रतिशतभन्दा बढी दरले गिरावट आएको छ । 


१२.०८ मिनेटमा सेयर कारोबार एक अर्ब ७० करोड रुपैयाँ पुगेको छ । सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । 


Author

थप समाचार
x