मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति
काठमाडौँ – मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ । हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट आज भदौ २४ गते बुधबार उडान अनुमति पाएको हो ।
अनुमति पाएसँगै फ्रान्समा निर्मित एयर बस हेलिकप्टरमार्फत सेवा सुरु गरेको मुस्ताङ हेलिकप्टर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोनन लामिछानेले जानकारी दिए । ‘कम्पनीले हेलिकम्टरमार्फत रेस्क्यू, चार्टर, कोभिड–१९ का बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो, कार्गो सिलिङलगायतको सेवा दिनेछ’ लामिछानेले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया