पहिरोका कारण मध्यपहाडी लोकमार्गमा करोडौंको क्षति
पर्वत – मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकअन्तर्गत पर्वत खण्डमा पहिराले क्षति पु¥याएको छ । कालोपत्रेको अन्तिम चरणमा रहेको सो खण्डमा पहिरोले क्षति पुर्याएको हो । पहिरोले १७ भदौ रातिदेखि पर्वत खण्डको आठ किलोमिटर सडकमा अवराेध पु¥याएको हाे ।
जसमध्ये सबैभन्दा क्षति कुस्मा नगरपालिकाको दोबिल्लामा भएको छ । पर्वतको भ्याप्ले खोलामा विष्फोटक पदार्थ प्रयोग गरी एक हप्तापछि सडक सञ्चालनमा ल्याएको भए पनि सडकमा अवरोध र सास्ती कायमै रहेको यात्रुले बताएका छन् । सडकमा दैनिक घण्टौं जाम भइरहेको छ । पर्वत खण्डको २४ किलोमिटर सडक लामा कन्ट्रक्सनले कालोपत्रेको काम अन्तिम चरणमा पु¥याए पनि पहिरोले बढी क्षति पु¥याएको छ । पहिराका कारण उक्त सडकमा झण्डै पाँच करोडको भौतिक संरचना ध्वस्त पारेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
निर्माण व्यवसायीले उक्त खण्डको २४ किलोमिटरमा जम्मा दुई किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी रहेको थियो तर अहिले झण्डै एक किलोमिटर सडक पुन कालोपत्रे गर्नुपर्ने अवस्थामा आएको र थप केही किलोमिटर सडक मर्मत गर्नुपर्ने आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासीनीले जानकारी दिए । १७ भदौदेखि अवरुद्ध राजमार्ग एक हप्तापछि खुले पनि अहिले कतै हिलो, कतै सवारी फस्ने त कतै जाम हुने गर्दा पर्वत खण्ड पार गर्न यात्रुलाई घण्टौ समय लाग्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया