अर्थ / बाणिज्य

तीव्र उतारचढावपछि २७१२ बिन्दूमा अडियो नेप्से

इकागज |
असोज ५, २०७८ मंगलबार १७:३ बजे

काठमाडौँ – सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा मंगलबार तीव्र उतारचढाव आयो । सुरुवाती कारोबारमा दोहोरो अंकले घटिरहेको नेप्से परिसूचक क्रमश: उकालो लाग्यो । तर अन्तिममा घट्दै जाँदा नेप्से परिसूचक २७१२.०७ बिन्दुमा अडिएको छ । यो सोमबारको तुलनामा १३.८३ अंक बढी हो ।

बैंकिङ समूहको परिसूचक सामान्य वृद्धि भएको छ । चार समूहका परिसूचकबाहेक सबै समूहका परिसूचक बढेका छन् । जसले नेप्से परिसूचकलाई बढाउन मद्दत पुर्‍यायो । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा अत्यधिक वृद्धि हुँदा एक हजार ८८ रुपैयाँ प्रति कित्ता पुगेको छ ।


सात अर्ब ३६ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ९५ हजार ६ सय ४६ पटकको कारोबारमा एक करोड ५३ लाख कित्ता सेयर किनबेच भएको छ । यो सँगै बजार पुँजीकरण ३७ खर्ब ९५ अर्ब रुपैयाँ कायम भएको छ ।


Author

थप समाचार
x