Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

सेयर बजारमा १०४ अंकको वृद्धि, २५ कम्पनीको सेयर मूल्यमा उच्चवृद्धि

इकागज |
असोज ६, २०७८ बुधबार १५:२१ बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक १०४.८८ को फराकिलो अंकले वृद्धि भएको छ । ३.८७ प्रतिशतले बढेर नेप्से परिसूचक २८१६.९५ बिन्दुमा पुगेको हो । 

कारोबारमा आएका सबै समूहका परिसूचकमा वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचकमा ८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । जलविद्युत्‌ समूहको परिसूचक पाँच दशमलव ५७ प्रतिशतले बढेको छ । 


२५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । १३ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । कुल सेयर कारोबार ६ अर्ब १७ करोड रुपैयाँ बराबर छ । ७२ हजार सात सय १४ पटकको किनबेचमा एक करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x