सबै क्रिप्टोकरेन्सीमाथि चीनको प्रतिबन्ध
काठमाडौँ - चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चिनियाँ केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले सबै क्रिप्टोकरेन्सी गैरकानुनी रहेको घोषणा गरेको हो ।
भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि रहेको चीनको केन्द्रीय बैंकले बताएको छ ।
क्रिप्टोकरेन्सीका लागि चीन विश्वका ठूलो बजार मध्ये एक हो । चीनले क्रिप्टोकरेन्सी कारोबारसम्बन्धि गतिविधि मानिसहरूको सम्पत्तिका लागि खतरनाक भएको चेतावनीसमेत दिएको छ । चीनको यस घोषणासँगै क्रिप्टोकरेन्सीको मुल्य अझै घट्न सक्ने विज्ञहरू बताउँछन् ।
आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनबाट भने विदेशी विनिमय जारी रहँदै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया