सेयर बजार सामान्य ‘करेक्सन’
काठमाडौंः आइतबार र सोमबार लगातार उकालो लागेको सेयर बजार मंगलबार सामान्य करेक्सन भएको छ । बजार बुलिश ट्रेण्डमा हुँदा सेयर बेचेर नाफा बुक गर्न चाहाने लगानीकर्ताका कारण बजार सामान्य करेक्सन भइरहन्छ । पुराना लगानीकर्ता बेचेर निस्कन खोज्छन्, नयाँ लगानीकर्ता सेयर किनेर बजारमा प्रवेश गर्छन् । त्यसकारण बजार केही बढेपछि घट्नु सामान्य हो । बिहीबारदेखि बजार नियमित र सन्तुलित गतिमा बढेको थियो । घट्दा पनि सामान्य घटेको छ । दुई साताअघि बजारमा उछाल देखिदाँ र गत साताको सुरुवातमा बजार ओरालो लाग्दा पनि अस्वभाविक उतारचढाव देखिएको थियो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७५ अंकले घटेर २,०६१.४१ बिन्दूमा रोकिएको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मूल्य मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स ०.७४ अंकले घटेर ३८७.४२ बिन्दूमा रहेको छ ।
मंगलबार नेप्सेमा बैंकिङ्ग, लघुवित्त र जीवन बीमा कम्पनी उपसमूहबाहेक सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । नेप्सेमा मंगलबार २०५ कम्पनीको ९७ लाख ५५ हजार पाँच सय ४७ कित्ता सेयर ४७ हजार सात सय ६९ कारोबारबाट ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार ६ सय ८७ रुपैँयमा मूल्यमा किनबेच भएको छ ।
मंगलबारसम्म सेयर बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६५ करोड रुपैँया पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया