अर्थ / बाणिज्य

६१ अंकले घट्यो सेयर बजार

इकागज |
असोज १०, २०७८ आइतबार १५:३८ बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ६१.२७ अंकले घटेको छ । २.१७ प्रतिशतले घटेर नेप्से परिसूचक २७५८.४८ बिन्दुमा पुगेको हो । 

म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक कमजोर छ । फाइनान्स समूहको परिसूचक ५.८९ प्रतिशतले घटेको छ । जलविद्युत्‌ समूहको परिसूचक ४.३ प्रतिशतले घटेको छ । व्यापार र इन्भेष्टमेन्ट समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले खस्किएको छ । 


७३ हजार ६ सय ९३ पटकको किनबेचमा एक करोड ४४ लाख ९४ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।


Author

थप समाचार
x