अर्थ / बाणिज्य

एकै दिन ७३ अंकले घट्यो नेप्से, दुई दिनमा १३४ अंकले खस्कियो सेयर बजार

इकागज |
असोज ११, २०७८ सोमबार १५:२५ बजे

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक ७३.०५ अंकले घटेको छ । २.६५ प्रतिशतले घटेर नेप्से परिसूचक २६८५.४१ बिन्दुमा पुगेको हो । 

दुई दिनमा १३४.३२ अंकले खस्किएको छ । १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक ४.५३ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक २.२६ प्रतिशतले घटेको छ । विकास बैंक र निर्जीवन बीमा समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले खस्किएको छ । 


सेयर बजारमा निरन्तर ओरालो लागे पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत्‌को सेयर मूल्यमा उच्च वृद्धि भएको छ । ६७ हजार पाँच सय ८७ पटकको कारोबारमा पाँच अर्ब १२ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ । 


Author

थप समाचार
x