अर्थ / बाणिज्य

६ प्रतिशत बोनस सेयर दिने कुमारी बैंकको घोषणा

इकागज |
असोज १२, २०७८ मंगलबार १२:४८ बजे

काठमाडौँ - कुमारी बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश लिने घोषणा गरेको छ । बैंकले नगदसहित बोनस सेयरको घोषणा गरेको हो ।

बैंकको सोमबार बसेको सञ्‍चालक समितिले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ छ ।


आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट लाभांश पारित गर्नुपर्छ । बैंकले वार्षिक साधारण सभा भने तोकेको छैन ।  


Author

थप समाचार
x