अर्थ / बाणिज्य

७० अंकले खस्कियो सेयर बजार

इकागज |
असोज १२, २०७८ मंगलबार १५:११ बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेको छ । २.६१ प्रतिशतले घटेर नेप्से परिसूचक २६१५.४० बिन्दुमा पुगेको छ ।

फाइनान्स समूहको परिसूचक ७.३७ प्रतिशतले घटेको छ । जलविद्युत्‌ समूहको परिसूचक ४.७४ प्रतिशतले खस्किएको छ । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ समूहको परिसूचक १.८९ प्रतिशतले घटेको छ । लगानी समूहतर्फ ३.९३ प्रतिशतले खस्किएको छ । 


सेयर बजारमा गिरावट आइरहँदा मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । ७५ हजार तीन सय ७४ पटकको किनबेचमा एक करोड ३० लाख कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार पाँच अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ ।


Author

थप समाचार
x