भन्सार छलेर ल्याइँदै गरेकाे सामान सशस्त्र प्रहरीद्वारा बरामद
सर्लाही – भन्सार छलेर ल्याइँदै गरेको करिब १ लाख ७३ हजार रूपैयाँ बराबरको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । सर्लाहीको हरिवन नगरपालिका ११ स्थित बासाटोलबाट सशस्त्रले मंगलबार लत्ताकपडा तथा चुरा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटेको टोलीले यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त सामग्री फेला पारेको हो । बरामद सामग्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको टोलीले मंगलबार करिब १ लाख रूपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रूपले ६ वटा साइकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका १७ स्थित सीमा
इलाकाबाट बरामद गरेको हो । प्रहरीलाई देखेपछि सामान ल्याउँदै गरेका व्यक्तिहरू फरार रहेको प्रहरको भनाइ छ । फरार उनीहरूको ६ वटा साइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद लत्ताकपडा र साइकल सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । यस्तै भन्सार छलेर भारतबाट ल्याइँदै गरेको करिब १ लाख ७२ हजार रूपैयाँ बराबरको छालाको जुत्ता, चप्पल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको टोलीले बुधबार बरामद गरेको जनाएको छ । यस्तै रौतहटको गौर नगरपालिका २ महादेवपट्टीस्थित सीमा इलाकाबाट उक्त जुत्ता, चप्पल बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद सामग्री भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया