१५० सीसीका पाँच बाइक, यस्ता छन् विशेषता
काठमाडौँ - दसैंको आगमनसँगै अटो बजारमा उपहारको दिने होडबाजी लागेको छ । नेपालमा बिक्री हुने सबै गाडी तथा बाइकले दसैं अफर सार्वजनिक गरेका छन् । ठूला चाडपर्वमा नयाँ सवारी साधन किन्ने उपभोक्ता धेरै हुने हुनाले अटो व्यवसायी ग्राहकहरू कसरी आफ्नो सामान बिकाउने भन्नेमा हुन्छन् । विज्ञापनका आधारमा लाखौं मुल्य पर्ने सवारी साधान किन्दा केही ध्यान दिनु जरुरी हुन्छ । १५० सीसीका बाइक किन्ने सोचमा हुनुहुन्छ भने यहाँ तपाईंलाई पाँच १५० सीसीका बाइकको बारेमा जानकारी प्रदान गरिन्छ ।
पल्सर १५०
नेपालमा सर्वाधिक बिक्री हुने बाइकमा पल्सर सिरिजका बाइकहरू हुन् । पल्सर १५० सीसीको बाइक युवाहरूमाझ लोकप्रिय रहेको छ । बजाजको पल्सर सिरिजका मोटरसाइकल युवा पुस्तामा लोकप्रिय रहेको छ। १५० सीसी ग्राफिक्स, लुक्स, एलइडी लाइट, एलसिडी स्पिडोमिटर, एलइडी ब्याक लाइट लगायतका राम्रा फिचर्सहरू रहेको छ। यसमा रहेको डिटीएसआइ इन्जिन (डिजिटल टुइन स्पार्क इग्निसन) ले थोरै पेट्रोलमा धेरै माइलेज दिन्छ । १५० सीसीको बाइक किन्ने सोचमा हुनुहुन्छ भने यो बाइक तपाईंको लागि एक विकल्प हुनसक्छ ।
यामाहा एफ जेट १६०
यामाहा ‘एफजेड–एस’ फेसलिफ्टमा नयाँ हेडल्याम्प, इन्टेग्रेटेड डीआरएल ठूलो फ्यूल ट्याङ्क, एयर भेन्ट तथा नयाँ फ्रन्ट फेन्डर दिइएको छ । आकर्षक डिजाइनमा आएको यस बाइकमा ड्यूल टोन कलर थेम दिइएको छ । एबीएससहित आएको यस बाइकमा अन्य मेकानिकल परिवर्तन गरिएको छैन । यसमा स्ट्यान्डर्ड रियर ड्रम–ब्रेक तथा अप्सनल रियर डिस्क–ब्रेक पनि उपलब्ध छ । यामाहा एफजेड–एसमा १४९ सीसी एयरकुल्ड फ्यूल इन्जेक्टेड इन्जिन दिइएको छ । जसले १३.२ पीएस पावर र १२.८ एनएम–टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड गियरबक्स जडान गरिएको छ । यसमा सेग्मेन्ट स्ट्यान्डर्ड हार्डवेयर सेटअप गरिएको छ ।
यसमा डायमान्ड फ्रेम, टेलीस्कोपिक फ्रन्ट, मनोसक रियर सस्पेन्सन सिस्टम दिइएको छ । साथै, १७ इन्च अलोए ह्वील, ट्यूवलेस टायर दिइएको छ । यसको फ्यूल ट्याङ्क क्षमता १२ लिटर रहेको छ । बजारमा यस बाइकले सुजुकी जिक्सर, होन्डा सीबी हर्नेट–१६० आर, हिरो एक्सट्रीम स्पोर्ट तथा पल्सर एनएस–१६० सँग प्रतिस्पर्धा गर्छ । यसको स्टायडर्ड मोडलको नेपाली बजारमा मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँदेखि २ लाख ८७ हजार ९०० रुपैयाँसम्म रहेको छ । दसैंमा नयाँ बाइक किन्ने सोचमा हुनुहुन्छ भने यामाहा एफजेड एस एक उत्कृष्ट विकल्प बन्न सक्छ ।
होन्डा सीबी युनिकर्न १६०
कुनै समय बजारमा अत्यधिक चर्चित रहेको होन्डाको सीबी १६० युनिकर्न माइलेजका लागि अत्यन्तै उपयोगी बाइक हो । सीबी युनिकर्न बाइक सबै उमेर समूहले मन पराएको बाइक हो । केही समय उत्पादन बन्द भएर पुनस् उत्पादन सुरु गरेको थियो । नयाँ यूनिकर्नमा नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ ।
उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको छ । दसैंमा नयाँ बाइक किन्ने सोचमा हुनुहुन्छ भने युनिकर्न पनि तपाईंको लागि अर्को विकल्प हुनसक्छ ।
टिभीएस आरटीआर १६०
टिभीएस आरटीआर १६० बाइक नेपालमा युवामाझ लोकप्रिय रहेको बाइक हो । टिभीएस आरटिआर १६० फोरभी कार्बोरेटोर भेरिअन्टमा उपलब्ध रहेको छ । १५९.७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको उक्त मोटरसाइकल १६.५ पी एस ८००० आर पीएममा र १४.८ एनएम ६५०० आरपीएममा रहेको छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंङ विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आरटीआर १६० फोरभी पावोर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ । पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरिएको बाइक हो । उत्कृष्ट हाइ स्पिड स्टेबिलिटी, बेस्ट इनक्लास अनरअफ ट्रयाक ह्याण्डलिङले सुसज्जित छ । दसैंमा बाइक किन्ने सोचमा हनेलाई यो बाइक एक विकल्प हुन सक्छ ।
बजाज एभेन्जर स्ट्रिट १६०
बजाज एभेन्जर स्ट्रिट बाइक बजाज एभेन्जर १६० बाइक प्रौढ उमेरको व्यक्तिले अत्यधिक मन पराएको बाइक हो । १६० सीसीको इन्जिन रहेको छ भने यसले ८,५०० आरपीएममा ११.३ पीएस पावर र ७००० आरपीएममा १३.७ एनएम टर्क जेनेरेट गर्छ । सो मोटर बाइक बीएस–६ मापदण्ड अनुसारको मोडलमा रहेको छ । नयाँ एभेन्जरमा सिंगल च्यानल एबीएस समेत रहेको छ । यसको अघिल्लो पांग्रामा २६० एमएमको डिस्क ब्रेक र पछिल्लो पांग्रामा १३० एमएमको ड्रम ब्रेक छ । यसको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा ट्विन सक एब्जर्बर छ । सो बाइकको ग्राउन्ड क्लियरेन्स १६९ एमएम र १३ लिटरको इन्धन ट्यांकी छ । तपाईंलाई दसैंमा लो हाइट भएको बाइक किन्ने सोचमा हुनुहुन्छ भने यो बाइक उत्कृष्ट विकल्प हुन सक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया