अर्थ / बाणिज्य

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

इकागज |
असोज १४, २०७८ बिहीबार १३:३१ बजे

काठमाडौँ - हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । असोज १३ मा बसेको बैंकको सञ्‍चालक समितिले उनलाई निर्वाचित बनाएको हो । यसअघि अध्यक्षमा तुलसीप्रसाद गौतम थिए । गौतम अध्यक्ष रहेको कार्यकालयमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग एकआपसमा गाभिने सम्झौता भएको थियो ।

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा रहनेछन् ।  मर्जरपछि बन्ने बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यस्तै, निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ, कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ र सञ्चित कोषमा १९ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।



Author

थप समाचार
x