अर्थ / बाणिज्य

साताको अन्तिम कारोबारमा ३२ अंकले घट्यो नेप्से

इकागज |
असोज १४, २०७८ बिहीबार १५:३० बजे

काठमाडौँ - साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३२.५१ अंकले घटेको छ । १.२२ प्रतिशतले घटेर नेप्से परिसूचक २६३३.४२ बिन्दुमा पुगेको हो । 

कारोबारमा आएका १३ समूहका परिसूचकमध्ये तीन समूहका परिसूचक सकारात्मक छन् । बैंकिङ समूहको परिसूचक १.‍‍०९ प्रतिशतले खस्किएको छ । व्यापार समूहको परिसूचक ३.९२ प्रतिशतले वृद्धि भएको छ । 


विकास बैंक समूहको परिसूचक ३.१८ प्रतिशतले घटेको छ । जलविद्युत्‌ र फाइनान्स समूहको परिसूचक २ प्रतिशतभन्दा बढी दरले खस्किएको छ । नेप्से परिसूचक खस्किरहँदा मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ खोला जलविद्युत्‌को सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । 

नेप्से परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । तीन अर्ब ७० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ४९ हजार ८ सय ३५ पटकको किनबेचमा ७३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको छ । 


Author

थप समाचार
x