तथ्यांक संकलनलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेका छौं : उपाध्यक्ष पौडेल
काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् ।उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको जनाएका छन् ।
नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उनले केन्द्रीय तथ्यांक विभागलाई पनि यथार्थमा आधारित तथ्यांक संकलनको काममा जोड दिन सचेत गराए । उपाध्यक्ष पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन भएको स्मरण गराउँदै त्यस काममा उद्योगी व्यवसायीहरूको पनि ध्यान जानुपर्नेमा जोड दिए । ‘तथ्यांकमा आधारित भएर शासन गर्नु नै सुशासन हो । हुकुमी शासनमा मात्रै तथ्यांकहरुको जरुरी पर्दैन । तथ्यांकमा आधारित भएर काम गर्नु भनेको राम्रो हो । म तथ्यांक विभागलाई पनि बल गरेर तथ्यांकको काम गर्न आग्रह गर्दछु,’ उनले भने ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले उद्योग व्यवसाय सञ्चालनका लागि विद्युतमा लगाइएको महशुल दर घटाउन सरकारसँग माग गरे । उनले विद्युत महशुल घटाउने काम सरकारले गरे नेपालको निर्यात व्यापार समेत बढेर जाने स्पष्ट पारे । अध्यक्ष मोरले विद्युत महशुल सहुलियत दरमा सरकारले व्यवस्था गर्न नसक्दा नेपालले आयातित बस्तुमा निर्भर हुनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया