अर्थ / बाणिज्य

साहस ऊर्जाको आइपिओ नतिजा प्रकाशित

इकागज |
असोज १७, २०७८ आइतबार १२:३ बजे

काठमाडौं-साहस ऊर्जाले निष्काशन गरेको आईपिओको बाँडफाँट सम्पन्न गरेको छ ।  साहसले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँटकेहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अबको केहीबेरपछि उक्त आईपिओ बाँडफाँटको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ ।

साहस ऊर्जाको आईपिओ रिजल्ट एनआईबिएल एस क्यापिटलको  वेबसाइट सिडिएससीको आईपिओ रिजल्ट हेर्ने आधिकारिक वेब साइट र मेरो शेयरको  आफ्नो एकाउन्टबाट समेत थाहा पाउन सकिनेछ ।


साहज ऊर्जाको  साइटबाट पनि हेर्न सकिने छ । यद्यपि साहस ऊर्जाको वेबसाइट अहिले नै रिसोर्स लिमिट भनेर बन्द भइसकेकोले आईपिओ रिजल्ट धान्न नसक्ने देखिएको छ ।

 


Author

थप समाचार
x