Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

५५ अंकले खस्कियो बजार, चार अर्बको कारोबार

इकागज |
असोज १७, २०७८ आइतबार १५:१५ बजे

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक ५५.९३ अंकले खस्किएको छ । २.१२ प्रतिशतले घटेर नेप्से २५७७.४९ बिन्दुमा पुगेको हो । फाइनान्स समूहको परिसूचकमा ठूलो गिरावट आएको छ । होटल एन्ड टुरिजम्‌, जलविद्युत्‌ र इन्भेष्टमेन्ट समूहको परिसूचकमा ३ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । 

बैंकिङ समूहको परिसूचक १.५७ प्रतिशतले घटेको छ । सेयर बजारमा ठूलो गिरावट आउँदा पनि मैलुङ खोला जलविद्युत्‌को सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ ।५२ हजार ३ सय ९१ पटकको कारोबारमा ८९ लाख ४७ हजार ९ सय ३७ कित्ता सेयर किनबेच भएको छ । चार अर्ब ११ करोड ३८ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । 



Author

थप समाचार
x