जर्मन राजदुतले गरे फक्सवागन एसयूभी टाइगुन सार्वजनिक
काठमाडौँ- पुजा इन्टरनेशनलले जर्मनी अटो कम्पनी फक्सवागन एसयुभी टाइगुन नामक नयाँ सवारी साधन सार्वजनिक गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले सार्वजनिक गरेका हुन् ।
नेपालका लागि जर्मनी राजदूत डा. प्रिन्जले आफू सन १९७८ देखि फक्सवागनको गाडी प्रयोग गर्दै आएको चर्चा गर्दै नेपालमा उक्त गाडीले विश्वास जित्ने बताए।फक्सवागन टाइगुनमा ४० भन्दा बढि सेफ्टी फिचर्स रहेको पुजा इन्टरनेशलका सइओ विवेक बिजुक्छेले जानकारी दिए । कम्पनीले पहिलो १०० जना ग्राहकलाई निःशुल्क एसेसरिज र नगद छुटको व्यवस्था गरेको जनाएको छ ।
नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले १ सय १४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्ना ठूला एसयूभी गाडीहरूको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च भए पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने कम्पनीको विश्वास छ ।
फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सिमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्टमध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो । यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडलमा उपलब्ध टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया